लक्ष्मी ब्याङ्कको १०१औं शाखा
लक्ष्मी ब्याङ्कले काठमाडौंको बौद्ध र ललितपुरको इमाडोलमा दुई नयाँ शाखा सञ्चालन गरेसँगै ब्याङ्कको शाखा संख्या १०१ पुगेको छ ।
लक्ष्मी ब्याङ्कको सञ्जाल ४६ जिल्लामा फैलिएको छ । ब्याङ्कका ५ हस्पिटल सेवा काउन्टर, ११७ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५८ शाखारहित ब्याकिङ एजेन्टहरु रहेका छन् ।
ब्याङ्कले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरु प्रवाह गर्दै आइरहेको छ ।