नबिल नारी प्याकेजको शुरुआत
नबिल ब्याङ्कले ‘नबिल नारी प्याकेज’को शुरूआत गरेको छ ।
नबिल नारी प्याकेज अन्तर्गत ‘नबिल प्रिमियम नारी बचत’, ‘नबिल नारी कर्जा’ र ‘नबिल लघु उद्यम कर्जा’ गरी तीनवटा योजना छन् ।
नबिल प्रिमियम नारी बचतमा मोबाइल ब्याङ्किङ, स्थानीय र अन्तर्राष्ट्रिय क्रेडिट कार्ड, ड्राफ्ट÷स्विफ्ट ट्रान्सफर, लकर लगायतका विशेषता रहेको ब्याङ्कले जनाएको छ ।
पाँच लाखदेखि एक करोड ५० लाखसम्म रकम लिन सकिने नबिल नारी कर्जा वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ ।
त्यस्तै महिला लघु उद्यम कर्जा मार्फत उद्यमी महिलाहरुको संख्या बढाउन ब्याङ्क प्रयासरत रहेको जनाइएको छ । विना धितो रु. १५ लाखसम्म दिन सकिने उक्त कर्जाको वार्षिक व्याजदर ३.९४ प्रतिशत रहेको छ ।