खेलकुदशुक्रबार, १५ चैत्र , २०७५

राष्ट्रिय खेलकूदमा पहिलाेपटक गैरआवासीय नेपाली खेलाडी सहभागी हुने

रासस

आठौं राष्ट्रिय खेलकूदमा विभिन्न खेलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) खेलाडीले सहभागिता जनाउने भएका छन् ।

राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली खेलाडीले सहभागिता जनाउन लागेको यो पहिलोपटक हो ।

प्रतियाेगितामा विभिन्न नौ खेलमा सात मुलुकबाट आउने एनआरएनका २४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । अमेरिका, संयुक्त अबर इमिरेट्स (युएई), मलेशिया, अष्ट्रेलिया, मकाउ, जापान र हङकङबाट आउने खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङमा प्रतिस्पर्धा गर्ने एनआरएनले जनाएको छ । 

सङ्घका अनुसार कराँतेको कुमुते पुरुषतर्फ विजय तामाङ (५० केजी मुनि), लक्ष्मण मगर (५५ केजी मुनि), उत्तम गुरुङ (६० केजी मुनि), ननबहादुर थापा (६५ केजी मुनि), जनकसिंह खड्का (७५ केजी मुनि), नोर्बु तामाङ (८४ केजी मुनि), लोकमानसिंह श्रेष्ठ (८४ केजीमाथि) ले भाग लिनेछन् । 

त्यसैगरी टिम कुमुतेतर्फ कुमार भुसाल, लोकबहादुर श्रेष्ठ, रामबहादुर तामाङ, जनकसिंह खड्का, लोकमान सिंह श्रेष्ठ, महिला कुमुतेतर्फ शान्तिदेवी अधिकारी (६८ केजी मुनि), कराँतेको कातातर्फ विमला तामाङ, फुल कन्ट्याक्ट कराँतेमा अविरल घिमिरे (७० केजी)ले प्रतिष्पर्धा गर्नेछन् ।

त्यसैगरी जुडोमा मोहन बम (६० केजी), बक्सिङमा प्रचण्ड केसी (५६ केजी), टेनिस एकलमा अमृत पौडेल, संरक्षक बज्राचार्य, टेनिस युगलमा अमृत पौडेल र संरक्षक बज्राचार्यले प्रतिष्पर्धा गर्नेछन् । गल्फतर्फ लपकुमार गुरुङ ९एकल०, ब्याडमिन्टनमा बिक्की बुढा, सूर्य गिरी, हीरालाल श्रेष्ठ (एकल) र सूर्य गिरी, हीरालाल श्रेष्ठ (युगल) तथा एथ्लेटिक्समा नारी चन्द (फुल म्याराथन), तेक्वान्दोमा नवीन श्रेष्ठ (६८ केजी मुनि), पुष्प थापामगर (६७ केजी_मा प्रतिष्पर्धा गर्नेछन् ।

आठौँ राष्ट्रिय खेलकूद चैत अन्तिम साताबाट प्रदेश नं ५ मा आयोजना हुने बताइएको भएपनि मिति तोकिएको छैन ।

प्रतिकृया दिनुहोस