अर्थ/बजारशुक्रबार, १५ चैत्र , २०७५

आजदेखि लगानी सम्मेलन शुरु

हिमालखबर

सरकारले आयोजना गरेको लगानी सम्मेलन आजदेखि सुरू हुँदैछ । 

विदेशी लगाउन भित्र्याउनका लागि लगानी बोर्डको आयोजनामा लगानी सम्मेलन शुरु हुन लागेको हो ।

होटल सोल्टीमा हुने सम्मेनलको प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री लगानी बोर्डको अध्यक्ष हुन् । 

सम्मेलनमा विभिन्न ४० देशका ६ सयभन्दा बढी लगानीकर्ताको सहभागीता हुने बोर्डले जनाएको छ ।

सरकारले ७७ वटा परियोजनाहरुमा लगानीका लागि लगानीकर्ताहरुसंग प्रस्ताव राख्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस