साझाका थप ३० बस सञ्चालन (रुट सहित)
साझा यातायात सहकारीले थप ३० थान नयाँ शहरी बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले १२ मंसिरमा बस सेवाको उद्घाटन गरेका हुन । उद्घाटनपछि उनी पुल्चोकबाट साझा बस चढेर सिंहदरबारस्थित आफ्नो कार्यालयमा गएका थिए ।
साझाले सञ्चालन गरेको बस काठमाडौं उपत्यकामा ३८ र उपत्यका बाहिर ८ पुगेको छ ।
काठमाडौं महानगरपालिकाले साझा यातायातमा रु. पाँच करोड लगानी गर्ने भएको महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले थप लगानी गर्ने घोषणा गरेका हुन । साझा यातयातमा महानगरपालिकाको रु. १० करोड लगानी छ ।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सार्वजनिक यातायात नागरिकको मौलिक अधिकार भएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । सरकारले आफै बस सञ्चालन गर्नु भन्दा पहिला विगतका अनुभवबाट पाठ सिक्नुपर्नेमा उनको जोड थियो ।
कलाकरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सार्वजनिक यातायात क्षेत्रमा साझाले पुर्याएको योगदानको चर्चा गरेका थिए ।