थप समाचारबुधबार, १३ चैत्र , २०७५

भ्यानको ठक्करले अर्ना मारियो, चालक हिरासतमा

कमल रिमाल

सुनसरीको कोशी गाउँपालिका ७ स्थित महेन्द्र राजमार्गमा आज बिहान भ्यानको ठक्करले वयस्क अर्ना मारिको छ ।

कोशी टप्पुका अर्ना । फाइल तस्वीरः माउन्टेनगाइडट्रेक डटकम

प्रहरीका अनुसार, पूर्व तर्फ जांदै गरेको लु २ च ५९५८ नम्बरको पिकअप भ्यानले बिहान साढे ४ बजे सडक पार गर्दै गरेको अर्नालाई ठक्कर दिएको थियो।

अर्नाको घटनास्थलमै मरेको थियो ।

दुर्घटनामा भ्यानमा सवार चालक दाङका श्रीचन्द्र चौधरी, ज्ञानप्रसाद चौधरी र जीतराम चौधरी घाइते भएका छन् ।

चालक चौधरीलाई भने सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा लिइएको छ । बाँकी दुईको भने उपचार भइरहेको छ ।

मृत ८ वर्षीया पोथी अर्नालाई अहिले कोशी टप्पु वन्यजन्तु आरक्षमा ल्याइएको आरक्षका सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताए ।

 

प्रतिकृया दिनुहोस