ब्राड हजको रोजाइका सन्दीप फेरि टोलीमा परेनन्
इन्डियन प्रिमियर लिग (आइपीएल)को मंगलबारको चेन्नाई सुपर किंग्सविरुद्ध दिल्ली क्यापिटल्सको खेलमा पनि नेपाली युवा स्पिनर सन्दीप लामिछाने रोजाइमा परेनन् ।
यसअघि आइतबार भएको मुम्बई इन्डियन्स्विरुद्धको खेलमा पनि सन्दीप टोलीको प्लेइङ ११ मा थिएनन् ।
यसअघि खेलको पूर्व समीक्षाका क्रममा अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज आफ्नो दिल्ली प्लेइङ ११ टोलीमा सन्दीपलाई समावेश गरेका थिए ।
“सन्दीपले चेन्नाईका मध्यक्रमका ब्याट्समेनको लय तोडन सक्छन्”, हजले क्रिकइन्फोसँगको अन्तर्वार्तामा भनेका थिए ।
दिल्लीले स्पिनरका रुपमा पहिलो खेलमा नअटाएका अमित मिश्रालाई खेलाउने भएको छ । अमित तीव्र गतिका बलर ट्रेन्ट बोल्टलाई विस्थापित गरेका छन् ।
अर्का स्पिनर राहुल तेवाटियाले आफ्नो स्थान पुनः सुरक्षित गरेका छन् ।
धेरै रन बन्ने पिचका रुपमा लिइएको दिल्लीको फिरोज शाह कोट्ला मैदान तीव्र गतिका बलर सहयोगी हुने ठानिएको छ ।
दिल्लीले टस जितेर ब्याटिङ राजेको छ । दिल्लीले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो ।