छुट्टाछुट्टै दुर्घटनामा १२ जना घाइते
चितवनको घोप्टेभीर र धादिङकाे सिद्धलेकमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जना घाइते भएका छन् ।
धादिङको सिद्धलेकमा बा.३.ख. ८७८८ नम्बरको मिनीट्रक दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनालाई काठमाडौं पठाएको र तीन जना स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि घर फर्किएका इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । काठमाडाै पठाएका घाइतेमध्ये २ जनाको अवस्था गम्भिर छ ।
त्यस्तै पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिरमा ना ५ ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खस्दा तीन जना घाइते भएका छन् । राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो ।
घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका निशान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुईको अवस्था सामान्य रहेकोले स्थानीय मेडिकलमा उपचार गराइएको छ । बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो ।