दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस
बहालवाला सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका छन् ।
आज बसेको संवैधानिक परिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो ।
प्रमुख आयुक्त अयोधीप्रसाद यादवले १० चैतमा मात्रै अवकास पाएका थिए ।
यादवसँगै आयुक्त इला शर्माले पनि अवकास पाएकी छन् । तर, आयुक्तमा भने कसैलाई सिफारिस गरिएको छैन ।