दाङ र सल्यानमा आईएमई लाइफ इन्स्योरेन्सको शाखा
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराही र सल्यानको श्रीनगरमा शाखा विस्तार गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले घोराही शाखाको उद्घाटन गरेका हुन् । त्यस्तै श्रीनगर शाखाको उद्घाटन अध्यक्ष ढकाल र सल्यान जिल्ला समन्वय समिति अध्यक्ष केशबहादुर विष्टले संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै ढकालले ग्राहकको आर्थिक सुरक्षा र समृद्धिका लागि आईएमई समूह सक्रिय रहेको बताए ।
आईएमई लाइफ इन्स्योरेन्सले ६७ शाखामार्फत देशभर सेवा प्रदान गर्दै आइरहेको छ ।