पहिलाे खेलमा परेनन् सन्दीप
इन्डियन प्रिमियर लिग (आइपीएल)को मुम्बई इन्डियन्स्विरुद्ध दिल्ली क्यापिटल्सको पहिलाे खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने टोलीमा परेनन्।
भर्खरै सार्वजनिक टोलीको नामावलीमा सन्दीपसँगै अर्का स्पिनर अमित मिश्रा पनि टोलीमा छैनन् ।
दुईको स्थान स्पिनर राहुल तेवातियाले लिएका छन् । पिच तेज गतिका बलरका लागि बढी उपयुक्त हुने ठानिएकाले पनि स्पिनरको कम प्रयोग गरिएको अनुमान गरिएको छ ।
अघिल्लो आइपीएलमा अन्तिम खेलहरुमा मात्र मौका पाएका सन्दीपले यो संस्करणमा शुरुआती खेलबाटै मौका पाउने अपेक्षा नेपाली दर्शकहरुले गरेका थिए ।
मुम्बईले टस जितेर बलिङ रोजेको छ । दिल्ली अहिले ब्याटिङको तयारी गरिरहेको छ ।