योगगुरु रामदेवद्वारा बारामा चारतारे होटेल उद्घाटन
भारतीय योग गुरु रामदेवले बाराको सिमरामा चारतारे होटेल इच्छाको उद्घाटन गरेका छन् ।
व्यवसायी इच्छा वाग्लेको रु ६० करोड लगानी रहेको होटेल इच्छा यसक्षेत्रकै पहिलो चारतारे होटेल हो ।
बिरगंज–पथलैया औद्योगिक करिडोर अन्तर्गत पर्ने न्यू सिमरा कोलोनीभित्र दुई बिगाह क्षेत्रफलमा फैलिएको होटेलमा प्रेसिडेन्ट सुईट, मिनी सुईट तथा अत्याधुनिक सुविधासहितका ८४ वटा कोठा रहेको सञ्चालक वाग्लेले जानकारी दिए ।
होटेलका ८४ वटा कोठा मध्ये अहिले ६७ वटा परीक्षणका लागि सञ्चालनमा ल्याईएको छ । बाँकी १७ वटा निर्माणाधीन अवस्थामा रहेको वाग्लेले बताए ।
कार्यक्रममा योगगुरु रामदेवसँगै आर्युर्वेदाचार्य बालकृष्ण, एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महतोे लगायतको उपस्थिति थियो ।
होटलको उद्घाटनपछि रामदेव आजै आफ्ना सहकर्मी बालकृष्ण आचार्यको स्याङ्जा स्थित जन्मगाउँतर्फ प्रस्थान गरेका छन् ।
श्याम गुप्ता, बारा