विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन सकेनन् : देउवा
नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा विश्वविद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको बताएका छन् ।
शंकरदेव क्याम्पस स्टुडेण्ड अल्मुनाइले आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाको व्यवस्थापनमा नयाँ दृष्टि’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै उनले अब गुणस्तरीय शिक्षाका बारेमा बहस गर्नुपर्ने समय आएको बताए ।
सभापति देउवाले अब राज्यले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए ।
“नेपालमा धेरै विश्वविद्यालय छन्, त्रिभुवन विश्वविद्यालयमा नै गुणस्तरीय अध्ययन नभइरहेको अवस्थामा विश्वविद्यालयको माग गरिएको छ, अझै खुल्दैछन्, जबसम्म गुणस्तरीय शिक्षा हुँदैन तबसम्म जति विश्वविद्यालय खोेले पनि अर्थ छैन”, उनले भने ।
काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले शिक्षाको गुणस्तर वृद्धिसँगै धेरैभन्दा धेरै विश्वविद्यालय स्थापना गर्नका लागि सहज कानूनको निर्माण गनुपर्ने बताए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीम सुवेदीले त्रिविले गुणस्तरीय शिक्षाका लागि सक्दो प्रयास गरिरहेको बताए ।
गोष्ठीमा संविधानमा उच्च शिक्षाबारे गरिएको व्यवस्था, गुणस्तरीय शिक्षा र शैक्षिक नीति, नियमलागतयका विषयमा बृहत छलफल हुनेछ ।