खेलकुदशनिबार, ९ चैत्र , २०७५

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : रुपन्देहीदेखि बर्दियासम्म (कुन खेल कहाँ ?)

रासस

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रुपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ ।

प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले जानकारी दिए । उनका अनुसार १५ मध्ये १० खेल नेपालगञ्जमा हुनेछन् ।

नेपालगञ्जमा फुटबल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुने भएको छ ।

कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ खेल हुने भएको छ भने, खजुराको शुक्र माविमा महिला–पुरुष भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुने पक्का भएको अध्यक्ष ओलीले बताए ।

उनका अनुसार बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरीगाउँमा खो–खो र बाँसगढीमा महिला–पुरुष कबड्डी प्रतियोगिता हुने छन् ।

त्यस्तै कपिलवस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल र ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स र महिला फुटबल, तुलसीपुरमा कराते र उसु खेल हुने प्रस्तावअनुसार काम भइरहेको छ ।

ओलीका अनुसार, रुपन्देहीको बुटवलमा लङटेनिस र शारीरिक सुगठन प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ ।

एक/दुई स्थानमा बाहेक अधिकांश प्रस्ताव गरिएको स्थानमा नै प्रतियोगिता हुने उनले बताए ।

प्रतिकृया दिनुहोस