अर्थविद् मदनकुमार दाहालको निधन
अर्थविद् प्राडा.मदनकुमार दाहालको शुक्रबार निधन भएको छ ।
त्रिभुवन विश्वविद्यालयमा झण्डै चार दशक अध्यापन गरेका दाहाल सरकारी वित्तका विज्ञ मानिन्थे ।
प्यानक्रियाजमा देखिएको समस्याबाट पिडित दाहाल सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
दाहाल नेपाल आर्थिक संघका पूर्वअध्यक्ष हुन् ।
अर्थशास्त्रमा विद्यावरिधी गरेका उनको नेपालको अर्थनीतिबारे थुप्रै अनुसन्धानत्मक आलेख र पुस्तक प्रकाशित छन् ।
मेगा ब्यांकका अध्यक्षसमेत बनेका दाहाल आलोचनात्मक विचार राख्ने अर्थविद्का रुपमा चिनिन्थे ।