गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सञ्चालनमा ल्याउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई थप गति दिन निर्देशन दिएका छन् ।
आज बिहान विमानस्थल अवलोकन गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै कामलाई गति दिएर। चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिए ।
विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीले विवरण प्रस्तुत गर्दै हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले स्थलगत अवलोकन गरेका थिए ।
तिलोत्तमा नगरपालिका–१ स्थित निर्माणाधीन प्रदेशस्तरको मेडिकल कलेज र चौराहास्थित बुटवल – नारायणगढ सडक खण्डको छ लेनको सडक विस्तारको शिलान्यस गर्न प्रधानमन्त्री ओली रुपन्देही पुगेका हुन् ।