साफ फाइनलमा नेपाल र भारत भिड्ने
साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपाल र भारत भिड्ने भएका छन् ।
बुधबारको दोस्रो सेमिफाइनल खेलमा भारतले बाङ्लादेशलाई ४–० गोलअन्तरले सहजै पराजित गर्यो ।
एकपक्षीय खेलमा भारतले पूर्वाद्र्धमै तीन गोल गरेको थियो । तर, मध्यान्तरपछि भने बाङ्लादेशले खेल सूधारेको थियो ।
भारतका लागि दालिमा चिब्बेरले खेलको १८ औं मिनेटमा गोल गर्दै खाता खोलेकी थिइन् । त्यसपछिका दुई गोल इन्दुमथी काथिरसनले २२औं र ३७ औं मिनेटमा सहज गोल गरिन् । इन्जुरी समयमा मनिषा पन्नाले एक गोल थपिन् ।
योसँगै भारतकी इन्दुमथी जारी प्रतियोगीतामा सर्वाधिक ४ गोल गर्ने खेलाडी बनेकी छन् । नेपालकी सावित्रा भण्डारीले तीन गोल गरेकी छन् ।
नेपाललाई इतिहास रच्ने मौका
शुक्रबार हुने फाइनलमा भारतलाई जितेमा नेपालले ऐतिहासिक उपलब्धि हात पार्नेछ ।
नेपाल र भारत अहिलेसम्म तीनपटक साफको फाइनलमा आमने–सामने भएका छन् । ति सबैमा भारत विजयी भएको छ ।
सन् २०१० देखि भएको साफ महिला च्याम्पिनसीपको चारवटै संस्करण भारतले जितेको छ ।
बुधबार विराटनगरस्थित शहीद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० गोलले पराजित गर्दै नेपाल चौथोपटक साफको फाइनलमा प्रवेश हो ।
सन् २०१६ मा भएको चौथो साफमा पनि नेपाल सेमिफाइनलमा भारतसँगैं ३–१ले पराजित भएको थियो। तर, गत महीना भारतमा भएको हिरो गोल्डकपमा नेपाली टोलीले पहिलोपटक भारतलाई पराजित गरेको थियो ।
हरि खडकाको प्रशिक्षणमा रहेको नेपाली टोली भारतलाई हराउँदैं पहिलोपटक साफ च्याम्पियनको उपाधि उचाल्ने दाउमा छ ।