‘सिप्रदी’ले बनायो विद्यालय
नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ् प्रा.लि.को सामाजिक संस्था ‘सिप्रदीयन सहायता संस्था’ले सिन्धुपाल्चोकमा विद्यालय निर्माण गरेको छ ।
टाटा कम्युनिटी इनिसियटिभ ट्रष्टको वित्तीय सहयोग र टाटा ट्रष्ट भारतको सहकार्यमा बलेफी गाउँपालिका–४ मा १२ कोठे विद्यालय भवन निर्माण गरेको हो ।
श्री जलपादेवी माध्यमिक विद्यालयको ४४औं वार्षिकोत्सवको अवसरमा ५ चैतमा सिप्रदीले नवनिर्मित भवन हस्तान्तरण गरेको छ ।
२०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण गर्न तीन करोड ४९ लाख खर्च भएको सिप्रदीले जानकारी दिएको छ । दुईतल्ले भवनसँगै सिप्रदीले शौचालय निर्माण र खानेपानीको व्यवस्था समेत गरेको छ ।