घरेलु मदिरा कसरी बन्छ विषालु ?
विभिन्न चाडपर्व, उत्सव, समारोहहरूमा मदिराको सेवन गर्नुपर्छ मदिरा भएन भने रमाइलो नै हुँदैन भन्ने परम्परा बसिसकेको छ । तर, मदिरा पिउँदा होस पुर्याउनु पर्छ ।
कुनैखाले मदिरा विषालु पनि हुन्छन् । विशेष गरी घरेलु मदिरा विषालु हुन्छ । आखिर मदिरा किन र कसरी विषालु बन्छ ?
घरेलु मदिरा कच्चा मदिरा पनि हो । यसलाई अझ कडा र नशालु बनाउन खोज्दा यो विषालु बन्न जान्छ ।
सामान्यतया यो गुँड र शीराबाट तयार गरिन्छ । तर, यसमा यूरिया मल र बेसरमबेलका पात पनि मिसाउने गरिन्छ । यसले मदिरालाई कडा नशा दिने र टिकाउ बनाउँछ ।
मदिरालाई अधिक नशालु बनाउने उद्देश्यले यसमा आक्सिटोसिन मिलाइन्छ जो मृत्युको कारण बन्दछ । आक्सिटोसिनले नपुंसकता बढाउने र नर्वस सिस्टमसँग सम्बन्धित कयौँ रोगको कारण बन्दछ ।
यसको सेवनले आँखा र पेटमा जलन हुनुका साथै आँखाको ज्योति पनि गुम्न सक्छ ।
घरेलु मदिरामा यूरिया र आक्सिटोसिन जस्ता रासायनिक पदार्थ मिलाउनाले यो मिथाइल अल्कोहल बन्न पुग्छ । जो मृत्युको कारण बन्न पुग्छ ।
वैज्ञानिकहरूका अनुसार मिथाइल शरीरभित्र प्रवेश गर्नासाथै केमिकल रिएक्सन तेज हुन थाल्छ । यसबाट शरीरको भित्री अंगले काम गर्न छाड्छन् र तुरुन्तै मृत्यु हुन्छ ।
कसैको शरीरमा यो रासायनिक प्रक्रिया बिस्तारै हुने हुँदा उनीहरूलाई बचाउन सकिन्छ । शुद्ध मदिरा उँखुको रस, ग्लुकोज, शोरा, महुवाको फूल, आलु, चामल, जौ, मकै र स्टार्च तत्व पाइने पदार्थबाट तयार गरिन्छ ।
यलाई कडा र नशालु बनाउने लोभमा व्यापारीहरू यसमा मेथनाल नामक रसायन मिलाउँछन् । यसले मदिरालाई अझै विषालु बनाउँछ ।
मदिरा व्यापारीबाट एथेनालको अत्यधिक प्रयोग हुन्छ । किनकि यसमा घुलनशील क्षमता गजबको हुन्छ ।
यसको प्रयोग वार्निश, पालिस, औषधिको घोल, पफ्र्यूम, क्लोरोफर्म, कृत्रिम रङ, पारदर्शक साबुन आदि बनाउनमा प्रयोग हुन्छ ।
पिउने कयौँखाले मदिरा घाउ चोटपटकमा धुन र ब्याक्टेरिया मार्नका लागि पनि प्रयोग गर्न सकिन्छ । –एजेन्सी