काँग्रेस केन्द्रिय समिति बैठक बस्दै : निर्वाचन समिति र नेविसंघको तदर्थ समितिमा सहमतिको प्रयास
निर्वाचन समिति र नेविसंघको महाधिवेशनका लागि तदर्थ समिति गठन गर्ने विषयमा सहमति जुटाउन नेपाली काँग्रेस केन्द्रिय समिति बैठक आज बस्दैछ ।
पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा यसअघि निर्णय हुन नसकेका समिति गठनका लागि सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन् ।
यसअघि सभापति देउवा, पौडेल र महामन्त्री शशांक कोइरालाले छुट्टै छलफल गरेर अनुशासन समिति गठन गरे पनि निर्वाचन समिति र नेविसंघ तदर्थ समिति गठन हुन सकेका छैनन् ।
सोमबार बसेको बैठकले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर लगायत ५ सदस्य रहनेगरी पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको थियो ।
बाँकी दुई सदस्य वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नाम दिएपछि पूर्णता दिइने छ ।
१४ फागुनमा बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच अनुशासन समिति गठनमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि आज दिउँसो २ बजे पुनः बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।