आईएलटीएस परीक्षाको शुल्क ई–सेवाबाट पनि तिर्न सकिने
इन्टरनेशनल इङ्लिस ल्याङग्वेज टेस्टिङ सिस्टम (आईएलटीएस) परीक्षाको शुल्क भुक्तानी अब ई–सेवाबाट पनि गर्न सकिने भएको छ ।
आईडीपी आईएलटीएस र ई–सेवा प्रा.लि.बीच भुक्तानी सम्बन्धी सम्झौता भएसँगै आईडीपी एजुकेशनले लिने परीक्षाको शुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने भएको हो ।
सम्झौता कार्यक्रममा बोल्दै आईडीपी आईएलटीएसका नेपाल प्रमुख कविर खड्गीले सम्झौतापश्चात रजिष्ट्रेशन पक्रिया सहज र समयको पनि बचत हुने बताए ।
६० भन्दा धेरै देशमा आईएलटीएस परीक्षा सञ्चालन गर्दै आएको आईडीपीले काठमाडौं, पोखरा, चितवन, बुटवल, विराटनगर र बिर्तामोडमा पनि सञ्चालन गर्दै आइरहेको छ ।
१९ हजार ५०० रुपैयाँ परीक्षा शुल्क, ई–सेवाको मोबाइल एप, वेवसाइट वा ई–सेवा जोन पोइन्टबाट भुक्तानी गर्न सकिन्छ ।