समाचारशनिबार, २ चैत्र , २०७५

नेपाली भाषाको उद्गमस्थल सिंजा सभ्यताकाे गुरुयोजना अलपत्र

हिमालखबर

नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजाको विकाशका लागि बनाएको गुरुयोजना अलपत्र परेको छ । 

सिंजालाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि २०६५ सालमा बनाएको गुरुयोजना कार्यान्वन नहुँदा अलपत्र परेको हो।

जुम्ला सामाजिक विकास केन्द्रले तयार पारेका १० वर्षे गुरु योजनामा सिंजा क्षेत्रमा चार लेन सडक निर्माण, तटबन्ध निर्माण, ओझेलमा परेका मठमन्दिर व्यवस्थित गर्ने, सङ्ग्रहालय निर्माण, स्नातकोत्तर अध्ययन गर्ने कलेज स्थापना, पर्यटक, बिरामी भएमा औषधि उपचारका लागि अस्पताल निर्माण, सर्पदंशको उपचार सेवा सञ्चालन गर्ने, मठमन्दिरको संरक्षण गर्ने, पशु चौपायाको संरक्षणस्थल निर्माण लगायतका विषय उल्लेख गरेको कनकासुन्दरी गाउँपालिका–४ का भक्तबहादुर बोगटीले बताए ।

सिंजामा कनकासुन्दरी मन्दिर, बिराट दरबार, पाण्डफ गुफाको गरुड नुहाउने मन्दिर, वाणगङ्गा मन्दिर, पवित्र तीर्थस्थल मानिन्छ । त्यहाँका प्राचीन ढुङ्गे खम्बा, देवल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेष बेवारिसे अवस्थामा छन् ।

सिंजामा बोलिने भाषा, त्यहाँको सभ्यता, त्यहाँका पर्यटकीयस्थल, धार्मिक स्थल, पुराना दरबार सङ्कटमा पर्दै गएका छन् ।

गुरुयोजना कार्यान्वयन गर्ने हो भने नेपाली भाषाको उद्गमस्थल संरक्षण हुनुका साथै पर्यटन प्रवद्र्धन हुने स्थानीयको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस