समाचारशुक्रबार, १ चैत्र , २०७५

डा. विपिन अधिकारीद्वारा राजीनामा

हिमालखबर

उपकूलपति र रजिष्ट्रारसँग असहमति जनाउँदै काठमाडौं विश्वविद्यालय, स्कूल अफ ल का डीन डा. विपिन अधिकारीले राजीनामा गरेका छन् ।

२९ फागुनमा उपकूलपति डा. रामकण्ठ माकाजु श्रेष्ठलाई बुझाएको राजीनामा पत्रमा डा. अधिकारीले आफू विश्वविद्यालयमा संस्थापक डीनको रुपमा कार्यरत रहेको स्मरण गराउँदै ६ बर्षदेखि सम्हालेको जिम्मेवारीबाट अलग भएको उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा डा. अधिकारीले राजीनामा गर्नुको कारण उल्लेख गरेका छैनन् ।

विश्वविद्यालयका कूलपति, रजिष्ट्रार, पदाधिकारीहरु, प्राध्यापक डा. सुरेशराज शर्मालगायतको सहयोग स्मरण गरेका डा. अधिकारीले तत्कालीन अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले स्कूल अफ ल को पूर्वाधार निर्माणका लागि उपलब्ध गराएको पूर्वाधार निर्माणको समेत सम्झना गरेका छन् ।

संविधानविद् डा. अधिकारीले अचानक डीनबाट राजीनामा गर्नुमा उपकूलपति डा. रामकण्ठ र रजिष्ट्रार प्रा.डा. सुबोध शर्मासँगको असहमतिलाई प्रमुख कारण मानिएको छ ।

स्रोतका अनुसार असहमति बढेपछि डा. अधिकारी राजीनामा गर्ने निर्णयमा पुगेका हुन् ।

यसअघि विश्वविद्यालयका रजिष्ट्रार डा. भोला थापाले पनि उपकूलपति डा. रामकण्ठसँग असहमति जनाउँदै राजीनामा गरेका थिए ।

प्रतिकृया दिनुहोस