होण्डा ड्रिम कप सम्पन्न
होण्डाले ‘होण्डा नेपाल ड्रिम कप २०१९’ रेसिङ्ग च्याम्पियनसिप सम्पन्न गरेको छ ।
राइडरहरुको क्षमता प्रदर्शनका लागि सुरक्षित मञ्च प्रदान गर्न रेसिङ्ग आयोजना गरिएको होण्डाले जनाएको छ ।
च्याम्पियनसिपमा राइडरहरुलाई रेस स्थानअनुसार अंक दिइएको थियो ।
च्याम्पियनसिप तीन राउण्डमा सम्पन्न भएको थियो । पहिलो राउण्डमा ३७ प्रतियोगीहरुको सहभागिता रहेको थियो । त्यस्तै दोस्रोमा ४१ र अन्तिम राउण्डमा २९ जना सहभागी रहेको कम्पनीले जनाएको छ ।
रेसमा उजेन बताजुले पहिलो स्थान हात पार्न सफल भए भने रामबिक्रम थापाले दोस्रो र विभेस श्रेष्ठले तेस्रो स्थान प्राप्त गरेका छन् ।