समाचारशुक्रबार, १ चैत्र , २०७५

डिल्लीबजार कारागार : भवन जीर्ण, कैदीबन्दीलाई समस्या

हिमालखबर

साँघुरो भवनमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा डिल्लीबजार कारागारमा समस्या भएको छ । 

डिल्लीबजार कारागार                                                           तस्वीर : किशाेर अर्याल

धेरै कैदीबन्दीलाई एकै ठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामी हुने गरेका छन् ।

३५० कैदीबन्दी राख्ने क्षमताको कारागारमा ६१२ कैदीबन्दी राखिएको उपसचिव एवं कारागारका जेलर अरुण पोखरेलले बताए ।

उनीहरुमध्ये ५९३ स्वदेशी र १९ जना विदेशी छन् ।

चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारका दुईवटा भवनमा कैदीबन्दी, कार्यालयदेखि प्रहरीसमेत राख्नुपर्ने बाध्यताका कारण समस्या भएको पोखरेलले बताए ।

कैदीबन्दीले गलैँचा र फर्निचर उद्योग पनि सञ्चालन गरेका छन् ।

कारागार परिसर बाहिरको जग्गा हुलाक कार्यालयको रहेकाले कारागार कार्यालयलाई साँघुरो भएको उपसचिव पोखरेलको भनाइ छ ।

कारागारमा बिरामी कैदीबन्दीका लागि छुट्टै कोठा छैन । जसका कारण उनीहरुमा छाला, मधुमेह, कमलपित्त, श्वासप्रश्वास सम्बन्धि रोग र हातगोडा पाक्ने, सुनिनेलगायतका समस्या हुने समेत गरेको पोखरेलको भनाइ छ ।

विसं १९६० को दशकमा निर्माण भएको कारागार १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले क्षति पुगेपछि ‘‘रेट्रोफिटिङ’ गरेर सञ्चालन गरीएको छ ।

 

प्रतिकृया दिनुहोस