पत्रकार कर्ण बोहराको निधन
नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको आज निधन भएको छ ।
केही दिनदेखि मध्यबानेश्वरस्थित भेनस अस्पतालमा मिर्गाला रोगको उपचार गराइरहेकी श्रीमती ममताको कुरुवा बस्दै आएका बोहोराको ४० वर्षका उमेरमा आज अस्पतालमै अकस्मात निधन भएको हो ।
बझाङ, स्याँडी गाविसमा जन्मिएका बोहोरा ‘रेडियो पश्चिमाञ्चल नेपाल’का सञ्चालक, ‘न्युज २४’ पश्चिमाञ्चल ब्युरो प्रमुख एवम् प्रेस चौतारी नेपालका जिल्ला शाखा संस्थापक समेत थिए ।
हाल भीमदत्त नगरपालिका कञ्चनपुरमा बस्दै आएका बोहोराले केही समयदेखि मुटुको उपचार गराउँदै आएका थिए । ।
रासस