समाचारशुक्रबार, १ चैत्र , २०७५

हर्न बजाउने ३४ हजार सवारीसाधन कारवाहीमा

हिमालखबर

काठमाडौं उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ ।

उपत्यकामा जथाभावी हर्न निषेध गरेपछि पनि अटेरी गर्ने ति सवारीसाधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको हो ।

उपत्यकाभित्र ध्वनि प्रदुषणले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सरकारले १ वैशाख २०७४ देखि जथाभावी हर्न बजाउन रोकेको थियो ।

“खतरनाक घुम्तीमा बाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएकोले जथाभावी हर्न बजाउने कार्वाही गरिएको हो” महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्त भने ।

ध्वनि प्रदुषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि सरकारले हर्नमा प्रतिबन्ध लगाएको हो ।

यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदुषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिशसमेत गरेको छ । महाशाखाले ध्वनि प्रदुषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारवाहीस्वरुप लिँदै आएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र आठ लाख 

प्रतिकृया दिनुहोस