समाचारशुक्रबार, १ चैत्र , २०७५

३४ जना विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित

हिमालखबर

पाल्पा जिल्लाबाट ३४ परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षामा (एसइई) दिन नपाउने भएका छन् ।

७५ प्रतिशत हाजिरी नपुगेकोकारण उनीहरु आगामी चैत्र १० गतेदेखि शुरु हुने एसइई परीक्षा दिन नपाउने भएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका अनुसार पाल्पामा पाँच हजार ३८ विद्यार्थी माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनेछन् ।

नियमिततर्फ छात्र दुई हजार ३७५, छात्रा दुई ५६१ जम्मा चार हजार ९३६ र पूरक ग्रेड वृद्धितर्फका पुराना ३५, नयाँ ६७ गरी जम्मा १०२ कूल पाँच हजार ३८ सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए ।

पाल्पामा सामुदायिक १११, संस्थागत २०, खुला विद्यालय एक गरि १३२ माध्यमिक विद्यालय छन् । त्यसका लागि २६ परीक्षा केन्द्रमा ताेकिएकाे सुवेदीले बताए । रासस

प्रतिकृया दिनुहोस