समाचारशुक्रबार, १ चैत्र , २०७५

रु ८ मा जन्म र मृत्यु दर्ता

हिमालखबर


अर्घाखाँचीमा महंगो कर लिइरहेको भुमिकास्थान नगरपालिकाले करको दर घटाएको छ । 

चाैंथोे नगर सभाले ६५ प्रतिशतसम्म कर घटाउने निर्णय गरेको हो ।

जन्म दर्ता र मृत्यु दर्तावापत पाँच सय रुपैया लिँदै आएको नगरपालिकाले त्यसलाई घटाएर रु ८ बनाएको छ ।

नगरपालिकाले जग्गाको कर पनि घटाएको छ । जसअनुसार अब खरको छानो हुनेले घरकर तिर्नुपर्ने छैन । पक्की घरको कर एक सय र कच्ची घरको रु ५० बनाइएको छ ।

व्यवसाय कर घटाएर सात सय रुपैयाँ बनाइएको छ ।

कर धेरै भएकोले घटाउनुपर्ने सबैतिरबाट आवाज आएपछि नगरसभाले घटाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले बताए ।

अर्घाखाँची जिल्लामा ६ वटा स्थानिय सरकारले फरक फरक कर लिने गरेका छन् ।

प्रेमनारायण आचार्य, अर्घाखाँची 

प्रतिकृया दिनुहोस