ग्लोबल आईएमई ब्याङ्कद्वारा पोशाक वितरण
ग्लोबल आईएमई ब्याङ्क लिमिटेडले प्रदेश–१ का ५०० जना सवारी चालक तथा सहचालकलाई पोशाक वितरण गरेको छ ।
ब्याङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीसँगको सहकार्यमा पोशाक वितरण गरेको हो ।
पोशाक प्रदेश १ का १४ जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकलाई वितरण गरिएको ब्याङ्कले जनाएको छ ।
ब्याङ्कले ट्राफिक प्रहरीसँगको सहकार्यमा दुर्घटना न्यूनीकरण एवम् ट्राफिक व्यवस्थापनका लागि विभिन्न जनचेतनामुलक कार्यसमेत गर्दै आइरहेको छ ।