समाचारशुक्रबार, १ चैत्र , २०७५

सामूहिक बलात्कारका तीन अभियुक्तलाई १३ वर्ष कैद

हिमालखबर

सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला गरेको हो ।


१३ चैत २०७१ एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई कोठामा लगी सामूहिक बलात्कार गरेको भन्दै पीडितले सातविरुद्ध उजुरी दिएकी थिइन् ।

आरोपितमध्ये तीन जनाले २४ जेठ २०७३ मा अदालतबाट सफाइ पाएका थिए । श्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार आरोपी अर्का एकजनाको मुद्दा मुल्तवी नै रहेको छ । - रासस

प्रतिकृया दिनुहोस