समाचारशुक्रबार, १ चैत्र , २०७५

दोलखामा बस दुर्घटना : दुई जनाको मृत्यु, २३ घाइते

हिमालखबर

– सर्मिला बुढाथोकी
दोलखामा बस दुर्घटना हुँदा तामाकोसी आयोजनामा काम गर्ने दुई जनाको मृत्यु भएको छ । 

दोलखा बस दुर्घटनाका घाइतेकाे उपचार हुँदै                             तस्वीर : सर्मिला बुढाथोकी

आयोजनाका कामदार बोकेको बा ४ ख ४५७३ नम्बरको बस बिगु गाँउपालिका – १ नयाँबाटोमा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

दुर्घटनामा सुर्खेतको चौकुने गाँउपालिका–३ का ३८ बर्षिय दिनेश थापा र लमजुङको मस्र्याङ्दी गाँउपालिका– ३ घर भएका ४४ बर्षिय हिराप्रसाद मिजारको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

घाइते मध्ये सात जनाको स्थानिय रोल्वालिङ अस्पतालमा उपचार भै रहेको र बाँकी घाईतेहरुको सदरमुकाम चरिकोटको प्रस्तावित चरिकोट अस्पताल, च्छोरोल्पा अस्पताल र सामुदायीक अस्पतालमा उपचार भैरहेको छ । 

कामको लागि मजदुर लैजाँदै गरेको बस उकालो घुमाउरो बाटोमा सडकबाट झण्डै १५ मीटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस