समाचारशुक्रबार, १ चैत्र , २०७५

हेटौँडामा बर्डफ्लु : किसान चिन्तित

हिमालखबर

हेटौंडामा बर्डफ्लु भेटिएको छ । दुई साताअघि हजारौँ कुखुरा मरेपछि परीक्षणका क्रममा बर्डफ्लु पुष्टि भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए । 

दुई साताअघि १० हजारभन्दा बढी कुखुरा मरेपछि जाँच गरेको भेटेनरी अस्पतालले एच नाइन भाइरसको सङ्क्रमण भएपनि पनि बर्डफ्लु नभएको बताएको थियो ।

तर अहिले विशेष परीक्षणमार्फत नमूना पठाइएको १५ दिनपछि बर्डफ्लु भएको पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख चेतनारायण खरेलले बताए ।

बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरीएको छ ।

व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसान बर्डफ्लु प्रमाणित भएपछि चिन्तित बनेका छन् । रासस

प्रतिकृया दिनुहोस