खेलकुदबिहिबार, ३० फाल्गुण , २०७५

भुटान बाहिरियो, नेपाल र बाङ्लादेश सेमिफाइनलमा

हिमालखबर

तस्वीरः कमल रिमाल

पाँचौ साफ महिला फूटबल च्याम्पियनसीपको बिहीबारको खेलमा बाङ्लादेशसँग २–० गोलअन्तरले पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिएको छ।

भुटान बाहिरिएसँगै ‘समूह ए’बाट स्वतः नेपाल र बाङ्लादेशले सेमिफाइनलको यात्रा पक्का गरेका छन्।

बिराटनगरको शहिद रंगशालामा जारी प्रतियोगिताकमा बाङ्लादेशको दुवै गोल दोस्रो हाफमा भएको थियो। खेलमा बाङ्लादेश नै हावी भए पनि भुटानले अपेक्षाविपरित खेल प्रदर्शन गरेको थियो।

अन्ततः खेलको ४७ औं मिनेटमा मिश्रात जहान र ८५ औं मिनेटमा सविना खातुनले गोल गर्दै बङ्लादेशले विजय यात्रा तय गर्‍यो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालसँग भुटान ३–० ले पराजित भएको थियो ।

 

प्रतिकृया दिनुहोस