समाचारबिहिबार, ३० फाल्गुण , २०७५

हेलिकोप्टरबाट सुत्केरी उद्धार: आमा बाँचिन, शिशुको मृत्यु

हिमालखबर

सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेकी हुम्लाकी ३० वर्षीया ढली बुढाको आज हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो ।

तर, उद्धारमा ढिलाईका कारण आमा त बचेकी छन् तर शिशुलाई भने बचाउन नसकिएको जिल्ला अस्पतालकी अनमी सरिता बोहराले बताइन् ।

हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका बुढालाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो ।

बुधबार राति शिशुको एउटा हातमात्र बाहिर निस्किएको थियो ।

आज बिहान १० बजे हेलिकप्टरबाट उनलाई सिमिकोटस्थित जिल्ला अस्पताल ल्याइएको थियो ।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले ग्रामीण बस्तीका गर्भवतीले बच्चा जन्माउन नसक्दा आमा र शिशुको मृत्युदर बढ्दो छ ।

प्रतिकृया दिनुहोस