समाचारबिहिबार, ३० फाल्गुण , २०७५

केरूङ पुग्ने नयाँ राजमार्गमा यातायात सञ्चालन

हिमालखबर

केरूङ नाका पुग्ने नयाँ राजमार्जको स्याफ्रुबेँसी–मैलुङ खण्डमा सवारी चल्न शुरु गरेका छन् ।

वर्षाका कारण ६ महिनादेखि अवरूद्ध राजमार्गमा नेपाली सेनाले अबरोध हटाएपछि २८ फागुनदेखि सवारी साधन चल्न शुरु गरेका हुन् ।

छोकलदेखि मैलुङसम्मको १७ किलोमिटर क्षेत्रमा पहिलोले ल्याएका ढुङ्गा नेपाली सेनाले विस्फोटन गराई अवरोध हटाएको गल्छी–त्रिशुली, मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका इञ्जिनीयर तुलाकान्त चौधरीले बताए ।

६ वैशाखमा नेपाली सेनाले सडककाे ट्र्याक खोलेर सडक सुधार आयोजनालाई हस्तान्तरण गरेपनि सवारी सञ्चालन नहुँदै  पहिरोले अबरुद्ध गरेको थियाे । 

पुल नभएका कारण धुञ्चे पुछारको त्रिशूली नदीमा भने ग्रेगर ढुङ्गाले पुरेर यातायातका साधन सञ्चालनको व्यवस्था मिलाइएको छ ।

गल्छी–त्रिशुली–मैलुङ सडक सुधार आयोजनाका प्रमुख सुबोध देवकोटाले ट्रयाक मात्र खुलेको उक्त सडक फराकिलो बनाउन एक साता लाग्ने बताए ।

चिनको केरुङ नाका पुग्नका लागि पहिलाको सडक भन्दा यो सडक २५ किलोमिटर छोटो पर्ने भएकोले नेपाल–चीनबीच व्यापारका लागि राजमार्ग चाँडै सञ्चालन गर्नुपर्ने स्थानियको माग छ ।

पक्की पुल र कालोपत्रका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहित बोलपत्रको प्र्रक्रिया अगाडि बढिसकेको आयोजनाले जनाएको छ । -रासस

प्रतिकृया दिनुहोस