समाचारबिहिबार, ३० फाल्गुण , २०७५

बुटवलको कालिकाचोकमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

हिमालखबर

बुटवलको कालिकाचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय पारेकाे छ ।

ट्राफिक आइल्याण्डमाथि शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । गएराति बुटवलका विभिन्न स्थानमा बम पड्केको प्रहरीले जनाएको छ ।

नेकपा विप्लव समूहले आज नेपाल बन्दको घोषणा गरेको हुँदा बम सोही समूहले राखेको हुन सक्ने प्रहरीको अनुमान छ । बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तर–दक्षिण सिद्धार्थ राजमार्गमा सवारी साधन चलेका छैनन् । रुपन्देहीका शैक्षिक संस्था, उद्योग ठप्प रहेपनि बजार आशिंक रुपमा खुलेको छ ।

दीपक ज्ञवाली, बुटवल

 

प्रतिकृया दिनुहोस