समाचारबिहिबार, ३० फाल्गुण , २०७५

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

हिमालखबर

नेपालगञ्जमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२मा रोकिराखेको मोटरसाइकल चोरी गर्दैगर्दा पक्राउ परेका व्यक्तिमार्फत प्रहरीले गिरोह पत्ता लगाएको हो ।

पक्राउ पर्नेमा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का महेन्द्र, विमलप्रसाद न्यौपाने र दैलेख आठबिसकोट–५ का अर्जुन शाही छन् ।

उनीहरुलाई चार थान मोटरसाइकलसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले बताए ।

उनीहरुबाट यूपी३२जेपी १७३९ नंको रोयल इनफिल्ड, भे४प ४०२० नंको २२० सिसीको पल्सर, लु४०प ९८५१ नंको २२० सिसीको पल्सर र यूपी३२जेपी ६५५० नंको २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको प्रहरी निरीक्षक डाँगीले बताए ।

उक्त गिरोहले धेरैजसो २२० सिसीको मोटरसाइकल चोरीगरी सुर्खेत, कैलाली र दैलेखमा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । ।

 

प्रतिकृया दिनुहोस