समाचारबिहिबार, ३० फाल्गुण , २०७५

मानसिक राेगकाे उपचार गर्न आउने कैदी बढे

हिमालखबर

देशका विभिन्न कारागारबाट मानसिक राेगकाे उपचार गर्न आउने कैदी बन्दीको संख्या बढेको छ ।

लगनखेलस्थित मानसिक अस्पतालमा उपचारका लागि दिनदिनै कैदीबन्दी आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्ट अनन्त अधिकारीले बताए ।

कैदीबन्दीलाई मानसिक रोग लागेपछि देशभरका कारागारले नख्खु कारागार नै सरुवा गरेर पठाउने गरेका छन् ।

बहिरङ्ग विभागमा दैनिक १० देखि १५ जना जाँचका लागि आउने र अन्तरङ्ग विभागमा तीन/चार सम्म कैदीबन्दी भर्ना हुने गरेको अस्पतालका प्रमुख अधिकारीले बताए ।

अधिकारीका अनुसार कैदीबन्दीमध्ये कतिमा सामान्य र कतिपयमा कडा खालको मानसिक रोगकाे समस्या छ । परिवारका सदस्यसँगको दूरीका कारणले मानसिक समस्या हुने गरेको उनको भनाई छ । “कारागारमा परेपछि परिवारले बेवास्ता गर्ने, भेट्न नआउने हुँदा मानसिक रोग लागेको पाइन्छ ”, अधिकारीले भने ।

 

प्रतिकृया दिनुहोस