समाचारबिहिबार, ३० फाल्गुण , २०७५

मलेसियामा अलपत्र २३ जना नेपालीको उद्धार

हिमालखबर

मलेसियामा विभिन्न कारणले अलपत्र परेका २३ नेपाली श्रमिकको नेपाली दुतावासले उद्धार गरी स्वदेश फर्काएको छ ।

हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरुलाई उद्धार गरी विभिन्न चरणमा नेपाल पठाइएको हो ।

उनीहरुलाई नेपाल पठाउन मलेसियास्थि नेपाली दूतावासले एकतर्फी हवाई टिकट उपलब्ध गराएको थियो ।

फागुन महिनामा विभिन्न घरफिर्ती केन्द्रमा अनुगमन गरेको दुतावासले त्यहाँ रहँदा नेपाली श्रमिकमा शारीरिक तथा मानसिक समस्या देखिएको जनाएको छ ।

विभिन्न कारणबाट विदेशी भूमिमा अलपत्र परेका नेपाली श्रमिकलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी रहने दूतावासले जनाएको छ ।
- रासस ।

प्रतिकृया दिनुहोस