साफ महिला फूटबलः समूह ‘बी’बाट भारत विजयी
विराटनगरको शहीद रंगशालामा जारी पाँचौ साफ महिला फूटबल च्याम्पियनसिपमा समूह ‘बी’बाट भारत विजयी भएको छ ।
आजको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफमै भारतले ५ गोल गरेको थियो । खेल अवधिभर दबाबमा रहेको माल्दिभ्सले भारतको गोल पोष्टमा प्रहार गर्ने अवसर समेत पाएन ।
कमल रिमाल, विराटनगर