कला/साहित्यबुधबार, २९ फाल्गुण , २०७५

विवाहले कपिल बदलिएः भारती

हिमालखबर

श्रीमति जिन्नीका साथ कपिल शर्मा । तस्वीर: एजेन्सी

भारतका चर्चित टेलिभिजन हास्यँकलाकार कपिल शर्मामा विवाहले ठूलो बदलाव ल्याएको सहकर्मी भारती सिंहले बताएकी छन्।

कपिलले गत डिसेम्बरमा जिन्नी चारथसँग विवाह गरेका थिए । जिन्नी र भारती बाल्यकालका साथी हुन् ।

एक अनलाइन पोर्टलसँग कुरा गर्दै अर्की सेलिब्रेटी भारतीले विवाहपछि कपिल शोमा समयमै आउने र काम सकेर जाने गरेको बताएकी छन्।
कपिल आफ्नो ‘कमेडी शो’मा अतिथिलाई बोलाएर ढिलो र अव्यवस्थित भई पुग्ने गरेकोमा आलोचित थिए ।

मादक पदार्थ सेवन गरि आफ्ना सहकर्मी सुनिल ग्रोभर (डा.मशुर गुलाटी)लाई दुव्र्यवहार गरेकोमा अपिल विवादित बनेका थिए । यो घटना सार्वजनिक भएसँगै उनीबारे थुप्रै टिकाटिप्पणी शुरु भएको थियो । उनले केही समय आफ्नो कार्यक्रम नै बन्द गरेका थिए ।

अहिले ‘द कपिल शर्मा शो’ चलाइरहेका कपिललाई श्रीमति जिन्नीले खुब ख्याल गरेको भारतीको भनाइ छ ।

सहकर्मी भारतीसँग कपिल 

“जिन्नीले कपिललाई बिहानै जीम जाने, सागपात र फलफूल खुवाउने मात्र होइन, हामी कलाकारहरुलाई पनि खाना पठाउँछिन्”, भारतीले भनेकी छन्, “उनी सारै असल छिन्।”

भारतीले कपिलसँगको काममा कहिल्यै थकान र दबाब महशुस नहुने बताएकी छन् । “खालि कपिलले ‘क्यू’ मात्र दिन्छन्, बाँकी सबैका लागि हामी स्वतन्त्रता छौं ।”  -एजेन्सी



प्रतिकृया दिनुहोस