प्याब्सनको नयाँ नेतृत्वका लागि सहमति
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को नयाँ नेतृत्वका लागि सहमति भएको छ ।
टीकाराम पुरी अध्यक्ष र डिके ढुङ्गाना सह–अध्यक्ष हुने गरी सहमति भएको पूर्वअध्यक्ष उमेश श्रेष्ठले बताए । नेतृत्वका लागि पुरी र ढुङ्गानाको समूहले मनोनयन दर्ता गरेका थिए ।
पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको र सो विषयलाई हलमा प्रस्तुत गरि नेतृत्व चयनको औपचारीकता प्रदान गरीने उनले बताए ।
विधानमा नभएको सहअध्यक्ष र केही पद थपघट गरेर मिलाउने तयारी गरिएको प्याब्सनले जनाएको छ ।
हलले पारित गरेमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरेको सहमति भएको बताइएको छ ।
पूर्वअध्यक्ष लक्षबहादुर केसीका अनुसार अहिले ११ः३० बजे सहमतिको घोषणा गर्ने गरी तयारी भएको छ ।
कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी सम्मेलनमा आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो ।
महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए ।