महिला हत्याकाे अभियाेगमा एक जना पक्राउ
हलचाेकमा महिलाकाे हत्या गरेकाे अभियाेगमा प्रहरीले काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्या अभियाेगमा उनलाई पक्राउ गरेकाे हाे ।
चेमजाेङकाे साेमबार राति हत्या भएकाे थियाे ।
थापामगरले हत्या गरेकाे स्वीकारेकाे महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।
काेठामा एकआपसमा विवाद भएपछि लात्तीले हान्दा मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेकाे उनकाे भनाइ छ ।
उनीहरुबीच विगत दुई/तीन वर्षदेखि चिनजान भएकाे र एकअर्काकाे काेठामा आवतजावत हुने गरेकाे राठाैरले बताए । - रासस