नबिल ब्याङ्कले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस शेयर बाँड्ने
नबिल ब्याङ्कले शेयरधनीलाई २२ प्रतिशत नगद लाभांस र १२ प्रतिशत बोनस शेयर बाँड्ने भएको छ ।
२७ फागुनमा सम्पन्न ब्याङ्कको ३४औं साधारणसभाले गत वर्षको मुनाफाबाट उक्त शेयर दिने प्रस्ताव पारित गरेको हो ।
समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात ब्याङ्कको पुँजी नौ अर्ब १ करोड रुपैयाँ नाघेको साधारणसभामा जानकारी गराइएको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा तीन अर्ब ९८ करोड रुपैयाँ मुनाफा हासिल गरेको ब्याङ्कले अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ प्रतिशतले वृृद्धि गरेको छ । ब्याङ्कको सञ्चालन मुनाफा पाँच अर्ब ६५ करोड रुपैयाँ छ ।
आर्थिक वर्ष २०७३/७४ मा वाणिज्य ब्याङ्कहरुमध्ये राजस्वमा बढी योगदान पुर्याए वापत आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको ब्याङ्कले जनाएको छ ।