थप समाचारमंगलबार, २८ फाल्गुण , २०७५

खाना पकाउने ग्याँस चुहेर आगलागी हुँदा ६ जना घाइते

कमल रिमाल

झापाको कचनकवच गाउँपालिका ५ मा खाना पकाउने ग्याँस चुहेर भएकाे आगलागीमा २ बालबालिका सहित ६ जना घाइते भएका छन् । 

२७ फागुनको बेलुकी भएको आगलागीमा परी घरधनि ३० वर्षका शिवनारायण यादव, ७ वर्षिय आयुष, ८ वर्षकी नीशा, ३० वर्षकी भारतीदेवी, २० वर्षका अशोककुमार र भारत किशनगञ्जका १८ वर्षिया चांदनी यादव घाईते भएका हुन् ।

घाइतेमध्ये चाँदनी पाहुना हुन् भने अरु सबै एकै परीवारका सदस्य रहेको प्रहरीले जनाएको छ ।

घाइते छ जानकै उपचार भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । शिवनारायणकाे घरमा खाना पकाउने समयमा बेलुकी ७ बजेतिर आगलागी भएकाे हाे ।  

प्रतिकृया दिनुहोस