चेक गणतन्त्रको प्रागमा एसीसीए सम्मेलन
एशोसियसन अफ चाटर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए)ले चेक गणतन्त्रको प्रागमा अन्तर्राष्ट्रिय पब्लिक सेक्टर सम्मेलन सम्पन्न गरेको छ ।
सम्मेलनमा विभिन्न देशका महालेखा परीक्षक, वित्त मन्त्री, लेखा व्यवसायीका साथै एसीसीका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी निर्देशक सहभागी थिए ।
सम्मेलनमा नेपालका सहायक महालेखा परीक्षक महेश्वर काफ्ले पनि सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्मेलनको प्रशंसा गर्दै निरन्तरताको कामना पनि गरे ।
सम्मेलनका बारेमा बोल्दै एसीसीए नेपालका प्रमुख रबिन कटवालले एसीसीएको उद्देश्य लेखा व्यवसायी उत्पादन मात्रै नभएर समग्र क्षेत्रको विकास र विस्तार रहेको बताए ।
सम्मेलनमा सहभागीहरुले सार्वजनिक क्षेत्रमा पारदर्शिता, सुशासनलगायतका विषयमा विभिन्न सत्रहरुमा छलफल गरेका थिए ।