थप समाचारसोमबार, २७ फाल्गुण , २०७५

देवदहमा फेरि युवाको हत्या

दीपक ज्ञवाली

रुपन्देहीको देवदहमा आइतबार फेरि अर्का युवाको हत्या भएको छ ।

मृत्यु हुनेमा देवदह–५ का अन्दाजी २० वर्षीय अमिस पुरी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी डिलबहादुर मल्लका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जादै गर्दा पुरीलाई अज्ञात समूहले आक्रमण गरेको थियो ।

आक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुहीमा लगिएको थियो । तर, चिकित्सकले लगत्तै मृत घोषित गरेका थिए ।

आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विगतमा देवदहमै दुर्गा तिवारी, बलु पौडेलजस्ता युवाको हत्या भएको थियो । देवदहमै प्रहरीको अपराधीक सूचीमा रहेका मनोज पुनः पनि सुरक्षा कार्वाहीमा मारिएका थिए ।

सोमबार प्रदेश ५ को बुटवलमा सुरक्षा रणनीतिक बैठक बस्दैछ ।

प्रतिकृया दिनुहोस