थप समाचारआइतबार, २६ फाल्गुण , २०७५

११६ वर्षे ‘वृद्धा’ ले राखिन् गिनिजबुकमा रेकर्ड

हिमालखबर

जापानकी काने तानाकालाई गिनिज वर्ल्ड रेकर्डले विश्वकै सबैभन्दा बृद्धाको मान्यता दिएको छ । 

तस्वीर : गिनिज वर्ल्ड रेकर्ड

आफ्नाे उमेर ११६ वर्ष ६६ दिन पुग्दा तानाकाले ९ मार्चमा विश्वकै सबैभन्दा बृद्धाको मान्यता पाएकी हुन् । 

सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका  आफ्नो जीवनको उत्तराद्र्धमा पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन छन् । 

सामान्यतया हरेक विहान ६ बजे उठ्ने तानाका अहिले पनि दिनभर गणितका कुरा तथा सुन्दर हस्तलेखनका लागि अभ्यास गर्छिन ।

उनले बसेर खेल्न सक्ने खेलहरू खेल्न मन पराउने गिनिज वल्र्ड रेकर्डसले जनाएको छ ।

आफैले जन्माएका चारजना र एक धर्मसन्तानकी आमा तानाकालाई अहिले भने एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ ।

तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिएपछि उनी बस्दै आएको जापानको पश्चिमी फुकुओमा शहरमा नगर प्रमुख सोइचिरो ताकाशिमा सहित दर्जनौँ शुभेच्छुक पुगेर सम्मान कार्यक्रम गरेका थिए ।

गिनिज रेकर्ड पछि आफ्नो जीवनमा जीवनमा सबैभन्दा सुखद् क्षण अहिलेको रहेको तानाकाको भनाई छ ।

यसअघि जापानी जिरोएमोन किमुरा कानूनी रूपमा रेकर्ड गरिएका व्यक्तिमध्ये विश्वकै सवैभन्दा बढी बाँच्ने पुरूष थिए जसको मृत्यु ११६ बर्षको उमेरमा सन् २०१३ को जुनमा भएको थियो ।

गिनिज बुकका अनुसार विश्वकै सबैभन्दा बढी बाँच्ने व्यक्तिका रूपमा भने फ्रान्सकी जेन लुईस केल्मेन्ट थिइन् । जसको मृत्यु सन् १९९७ मा १२२ बर्षको उमेरमा भएको थियो । रासस/एएफपी

प्रतिकृया दिनुहोस