दस्तावेजबिहिबार, २३ फाल्गुण , २०७५

यस्तो छ टीकापुर घटनाकाे फैसलाको पूर्णपाठ

हिमालखबर

टीकापुर घटनाको मुद्दामा जिल्ला अदालत कैलालीले बुधबार गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । 

७ भदौ २०७२ मा टिकापुरमा एक नाबालक र ८ सुरक्षाकर्मीको ज्यान जानेगरी भएकाे घटनाकाे मुद्दामा जिल्ला अदालतले ११ जनालाई जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले गरेको फैसलामा रेशमलाल चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृज मोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सिताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई जन्मकैद हुने उल्लेख छ । श्रवण चौधरी नावालक रहेकाले उनलाई १० वर्ष कैद सजाय हुने फैसलामा उल्लेख छ ।

फैसलामा अन्य १२ जना प्रतिवादीलाई तीन वर्ष र एकजना छ महिना कैद गर्नुपर्ने ठहर छ। ६ महीना कैद फैसला हुनेहरुमा लक्षण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किशानलाल चौधरी, दिलबहादुर चौधरी, सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरी छन् ।

उनीहरुमध्ये चुन्नीराम बाहेकले कैद भुक्तानी गरीसकेकोले बिहीबार थुनामुक्त हुने छन् । चुन्नीरामको ३० फागुनमा ६ महीना कैद पुग्नेछ ।

हेर्नुहाेस् फैसलाकाे पूर्णपाठ 

 

प्रतिकृया दिनुहोस